निर्वाचन प्रणाली परिवर्तन गर्न कांग्रेस एमाले एक भएर अघि बढ्नुपर्छः शेखर कोइराला

डिसी नेपाल
१६ वैशाख २०८१ १८:००
496
Shares

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनैतिक स्थिरता कायम गर्न एमाले र कांग्रेस मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन्।

आइतबार मोरङको बुढीगंगा गाँउपालिकाको प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता डा.कोइरालाले वर्तमान निर्वाचन प्रणालीका कारण मुलुकमा राजनैतिक स्थिरता कायम हुन नसकेकाले निर्वाचन प्रणाली सुधार र आर्थिक विकास तथा सुशासनका एजेण्डामा कांग्रेस एमाले एक भएर अघि बढ्नुपर्ने बताए।

उनले राजनैतिक स्थिरता नभए सम्म विकास समृद्धि, आर्थिक विकास र सुशासन कायम हुन नसक्ने धारणा राखे।

बुढीगंगा गाँउपालिका वडा नं. ५ मा निर्माण हुन लागेको प्रशासनिक भवनका लागि स्थानीय सौहार्द कार्कीले ८ कट्ठा २ धुर जग्गा निशुल्क उपलब्ध गराएका हुन्।

करिब ११ करोड ८६ लाख रुपैयाको लागतमा निर्माण हुने बुढीगंगा गाँउपालिकाको प्रशासनिक भवनका लागि गाँउपालिकाले चालू आर्थिक वर्षमा १ करोड ५० लाख रुपैया विनियोजन गरेको जानकारी दिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *