बझाङमा दोब्बर मतले एमाले अघि, कांग्रेसलाई माओवादीले उछिन्यो

डिसी नेपाल
१६ वैशाख २०८१ १८:२०

काठमाडौं। बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ ।

प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार एमालेका दमनबहादुर भण्डारीले १५९३ मत प्राप्त गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत प्राप्त गरेका छन् ।

त्यस्तै एकीकृत एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५९५ प्राप्त गरेका छन् ।

बझाङको यस क्षेत्रमा अहिलेसम्मको गणनामा ४२१४ मत सदर भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *