यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१७ वैशाख २०८१ ७:१७

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्री दर १४२ रुपैयाँ ९३ पैसा रहेको छ।

आज पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर १६६ रुपैयाँ ९४ पैसा रहेको छ। कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३७ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४३४ रुपैयाँ निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ४३४ रुपैयाँ २० पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४६ पैसा थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *