इलाम-२ मा एमाले उम्मेदवारको फराकिलाे अग्रता

डिसी नेपाल
१७ वैशाख २०८१ ८:०२

काठमाडौं। इलाम-२ को जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार आफ्ना प्रतिस्पर्धीलाई २ हजार ६ १६ मतले पछि पार्दै एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन्। नेम्वाङले अहिले सम्ममा ८ हजार ८ सय९८ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार २८२ हजार ८४४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ६ ३४२ मत र रास्वपाका मिलनकुमार योङहाङ लिम्बुले १३ सय ५ मत प्राप्त गरेका छन्।

यसैगरी बझाङमा भएको उपनिर्वाचनको हालसम्मको मत परिणामः
नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह: ८,२२७
नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी: ७,९७४
नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढा: २,९९३
नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंह: २,१६२
अब तल्कोट गाउपालिका र साइपाल गाउपालिका मतगणना हुन बाँकी ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *