सत्तासमीकरणमा सम्मानजनक व्यवहार हुनुपर्छः माधव नेपाल {भिडियो}
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि पद महत्वपूर्ण नभएपनि सत्तासमीकरणमा सम्मानजनक व्यवहार हुनुपर्ने बताएका छन्।
अखिल नेपाल महिला संघ (समाजवादी), काठमाडौँ जिल्ला कमिटीले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रत्येक पार्टीको आ–आफ्नो मर्यादा,सम्मान,स्वाभिमान र चाहना हुने भएकाले सवैलाई राम्रोसंग सन्तुलन गर्दै अघि बढ्नुपर्ने बताए।
उनले आफूहरुले अहिले उचित व्यवस्थापन र सम्मान मात्रै खोजेको जनाए। समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्ने गरेको उनले बताए।
त्यस्तै उनले चार दल सम्मिलित समाजवादी मोर्चा बनेको र जिल्ला तहको कार्यक्रम गर्ने तयारी भएको जानकारी दिँदै मोर्चामा आउन चाहनेलाई स्वागत गर्ने र आउन नचाहनेलाई पनि गाली नगर्ने धारणा राखे।
उनले मुलुकको राजनीतिलाई सहि दिशामा लैजान गम्भीरतापूर्वक आवश्यक भूमिका निर्वाह गर्ने जिकिर गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment