चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौः मुख्यमन्त्री कँडेल

डिसी नेपाल
१७ वैशाख २०८१ १७:०१

काँक्रेबिहार। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्नेगरी सरकार अगाडि बढिरहेको बताएका छन्।

प्रदेशसभाको आजको बैठकमा उहाँले विगतमा जस्तो अब असारमा योजना कार्यान्वन गर्ने पक्षमा आफू नरहेको बताए। ‘जेठ मसान्तभित्र सबै कामहरु गरिसक्ने गरी सरकार अगाडि बढिरहेको छ। मेरो नेतृत्वको सरकार असार महिनामा कुनै पनि ठेक्का लगाउने र योजना कार्यान्वयन गर्ने पक्षमा छैन’, मुख्यमन्त्री कँडेलले सभामा भने।

उनले चालु आवका विभिन्न योजना शीर्षकमा बाँकी रहेको रकम प्राथमिकताका आधारमा क्रमागत र बहुवर्षे योजनामा खर्च गर्न आफू तयार रहेको समेत बताए। मुख्यमन्त्री कँडेलले सबैले अनुभूत गर्ने गरी सरकारले काम गर्ने र संघीय सरकारलाई बजेट विनियोजनका लागि पठायएका योजनामा समेत आफूले त्यही मान्यतालाई अनुशरण गरेको बताए।

त्यस्तै, अघिल्लो सरकारले गरेका राम्रा कामहरूलाई प्राथमिकता राखेर अगाडि बढ्न तयार रहेको उनले बताए। प्रदेशसभाका हिउँदे अधिवेशन आजैदेखि अन्त्यका लागि सिफारिस गरेको पनि उनले सदनलाई जानकारी गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *