प्रभु बैंकको आज साधारण सभा बस्दै
काठमाडौं। प्रभु बैंकको आज(बिहीबार) वार्षिक साधारण सभा बस्दैछ । प्रभु बैंकले लाभांश प्रस्ताव बिना नै साधारण सभा बोलाएको हो ।
प्रभु बैंकको वार्षिक साधारण सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरण लगायत विषयमा छलफल गरी पारित गर्नेछ।
सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ। साधारण सभा प्रयोजनका लागि वैशाख ४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment