उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले अहिलेको गठबन्धनलाई निरन्तरता दिने (भिडियो)

डिसी नेपाल
२५ वैशाख २०८१ १५:०५

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको जनाएको छ ।

पार्टी कार्यालय बालकुमारी मंगलबार बसेको जसपा नेपालका नेताहरुको बैठकले पार्टीले गठबन्धन छाड्न लागेको भन्ने हल्लामात्रै भएको भन्दै अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको जनाएको हो ।

बैठकपछि जसपा नेपालका प्रवक्ता मनिष सुमनले मिलेर चल्नुपर्ने मतादेश अनुसार नै जसपा नेपाल सरकारमा सहभागी भएको भन्दै अहिलेको गठबन्धनलाई आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट रहेको र विकल्पको बारेमा नसोचेको बताए । उनले पार्टी महाधिवेशनमा पराजित हुने डरले अहिले नै पार्टी फुटाएको सुमनले बताए ।

सुमनले केहि व्यक्तिहरुले पार्टी छाडेपनि त्यसले पार्टीलाई धेरै असर नपर्ने दावी गरे। प्रवक्ता सुमनले आफुहरुकै नेताले घरमा आगो लगाएर पार्टी छाडेको भन्दै यसको कसैलाई दोष नदिने बताए। यद्दपी पार्टी बिभाजनमा ठूलै शक्तिको हात रहेको उनको भनाइ छ ।

उनले महाधिवेशनलाई समयमा नै आयोजना गर्नका लागि आवश्यक तयारीलाई तीव्रता दिने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *