सरकारको नीति तथा कार्यक्रम जेठ १ गते

डिसी नेपाल
२७ वैशाख २०८१ १८:३८

काठमाडौं। सरकारको नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक हुने भएको छ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ १ गते दिउँसो तीन बजे संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको हो। सरकारको नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिले पढेर सुनाउने व्यवस्था छ।

बैठकले प्रहरी नायव महानिरिक्षक उमेश राज जोशी र भीम प्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरिक्षक पदमा बढुवा गरि पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। बैठकले समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझीलाई मनोनयन गर्ने निर्णय गरेको छ भने भाषा आयोगको सदस्यमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन्।

बैठकले अन्तराष्ट्रिय स्तरको क्रिकेट कराँते तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी प्रशिक्षक तथा व्यवस्थापक गरि जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान प्रदान गर्न स्वीकृत दिने निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *