कालीदेवी आधारभुत विद्यालयलाई माछापुच्छ्रे बैंकको सहयोग

डिसी नेपाल
२८ वैशाख २०८१ ११:४८
4
Shares

काठमाडौं। माछापुच्छ्रे बैंकको धादिङ जिल्लास्थित सिम्ले शाखाले धादिङवेशी नगरपालिका-६ स्थित कालीदेवी आधारभुत विद्यालयलाई ७ थान कम्प्युटर तथा १ थान कलर प्रिन्टर सहयोग गरेको छ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई डिजिटल माध्यमबाट पठनपाठन गराउने तथा कम्प्युटरसँग सम्बन्धित ज्ञान प्रदान गर्न टेवा पुर्याउने उदेश्यले बैंकले उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो।

कालीदेवी आधारभुत विद्यालयलाई कम्प्युटर सहयोग पछि विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न तथा दैनिक प्रशासकिय कार्य गर्न समेत र पाठ्य सामाग्री अध्ययन गर्न ती सामाग्री उपयोगी हुने विश्वास बैंकले लिएको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा सहयोग गर्ने कार्य गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *