विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने १ अर्ब रुपैयाँ बराबरको अनुदान स्वीकार गर्ने निर्णय

डिसी नेपाल
२८ वैशाख २०८१ १७:३७

काठमाडौं। सरकारले विश्व वन्यजन्तु कोषमार्फत नेपाललाई प्राप्त हुने करिब १ अर्ब २० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत नेपाललाई प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिइन्।

बैठकले इजरायल घटनामा निधन भएका ६ जना नेपालीको शव त्रिभुवन विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पर्‍याउँदा लागेको कुल खर्च रु २८ लाख ३६ हजार ८ सय ३४ रुपैया सम्बन्धीत पक्षलाई भुक्तानी दिने निर्णय गरेको छ।

त्यस्तै चीन सरकारले परराष्ट्र मन्त्रालयलाई अनुदान स्वरुप उपलब्ध गराउन प्रस्ताव गरेको ७ वटा सवारी साधन स्वीकार गर्ने र चितवन जिल्लामा निर्माणधिन पुलको पहँुचमार्ग निर्माणका लागि करिब २०२६ वर्ग मिटर जग्गा प्राप्ती गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन्।

बैठकले नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ स्वीकृत गरेको छ भने राष्ट्रिय व्यापार सहजिकरण समिति गठन गरी काम कर्तव्य र अधिकार तोक्ने निर्णय गरेको प्रवक्त शर्माले जानकारी दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *