कोशीमा सरकार गठनविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

डिसी नेपाल
२८ वैशाख २०८१ १७:४४

काठमाडौं। कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटको प्रारम्भिक सुनुवाईमा कारण देखाऊ आदेश जारी भएको छ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै यो विषय संवैधानिक व्याख्याको विषय भएकाले पूर्ण सुनुवाईबाट टुंगोलाग्ने भन्दै अन्तरिम आदेश दिन आवश्यक नरहेको बताएको छ।

कार्कीले दायर गरेको रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा संकल्प प्रस्तावका समर्थकहरूलाई विपक्षी बनाइएको रिटमा नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम उत्प्रेषण, परमादेशलगायत उपयुक्त आदेश जारी गर्न माग गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *