एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल विजयी
काठमाडौं। नेकपा एमाले कपिलवस्तुको १०औं जिल्ला अधिवेशनबाट बाबुराम खनाल जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्।
शुक्रबार साँझ सम्पन्न निर्वाचनमा खनालले निवर्तमान अध्यक्ष डम्मर शर्मालाई २५ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। खनालले २७८ मत प्राप्त गर्दा निवर्तमान अध्यक्ष शर्माले २५३ मत पाए।
यसैगरी उपाध्यक्षमा शंकर पाण्डे १०८ मतान्तरले विजयी भएका छन्। शंकरले ३०२ मत प्राप्त गर्दा प्रत्यासी भेषराज पाण्डेले २१० मत पाएका छन् । सचिवमा सिवि गहतराज ३०४ मत ल्याउँदा विश्व कार्कीले २१२ मत प्राप्त गरेका छन्।
उपसचिवको खुलातर्फ देविबहादुर पोख्रेलले १४७ मत र महिलातर्फ सुशीला दर्लामीले ३३२ मत ल्याई निर्वाचित भएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment