आर्थिक बृद्धिदर ७ दशमलव ३ प्रति हुने लक्ष्य सहितको १६औँ पञ्चवर्षीय योजना सार्वजनिक

डिसी नेपाल
२ जेठ २०८१ १४:१४

काठमाडाैं। सरकारले आर्थिक वर्ष २०८५-८६ सम्म मुलुकको आर्थिक बृद्धिदर ७ दशमलव ३ प्रति हुने लक्ष्य सहितको १६औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ।

राष्ट्रिय योजना आयोगले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै हाल ३ दशमलव ९ प्रतिशत रहेको मुलुकको आर्थिक बृद्धिदर ७ दशमलव ३ प्रति हुने लक्ष्य राखेको जनाएको हो।

त्यस्तै पाँच बर्षमा प्रतिव्यक्ति आय २ हजार ३ सय ५१ अमेरिकी डलर पुराउने लक्ष्य रहेको योजना आयोगले जनाएको छ। हाल प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर रहेको छ।

आर्थिक वर्ष २०८५-८६ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँभन्दा माथि पुग्ने लक्ष्य राखिएको छ भने उपभोक्ता मुद्रास्फीति ५ प्रतिशतमा सिमित गर्ने लक्ष्य लिइएको छ।

त्यस्तै हाल २० दशमलव ३ प्रतिशत रहेको निरपेक्ष गरिवी १२ दशमलवमा सिमित गर्ने लक्ष्य रहेको योजना आयोगले जनाएको छ। पञ्चवर्षीय योजनामा साक्षरता दर ८५ प्रतिशत, बेरोजगारी दल ५ प्रतिशत, विधुतमा र इन्टरनेटमा पहुँच पुगेको जनसंख्या शत प्रतिशत पुराउने लक्ष्य रहेको छ।

उत्पादन र रोजगारीलाई प्राथमिकता दिने गरि आवधिक योजना तयार गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले जानकारी दिए। उहाले तीनै तहका सरकारको ध्यान पूर्वाधारमा केन्द्रीत हुँदा सामाजिक सूचकमा परेको असरलाई न्यूनकिरण गर्न खोजिएको उनले बताए।

उनले मुलुकको वास्तविक समस्या समाधान गर्नेगरि योजना तयार गरिएको जनाए। योजना कार्यान्वयनका लागि सम्बन्धीत मन्त्रालय वा केन्द्रीत निकायले आ-आफ्नो व्यवसायिक योजना तयार गरि कार्यान्वयन गर्ने आयोगले जनाएको। त्यस्तै योजना कार्यान्वयनका लागि आयोगले सहजीकरण गर्ने जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *