सुनचाँदीको मूल्य घट्यो

डिसी नेपाल
४ जेठ २०८१ ११:४१

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भैइरहेको छ।

यसअघि विहिबार सुन तोलामा १ लाख ४० हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३००  रुपैयाँ थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदीको तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *