कति छ आज विदेशी मुद्राको विनिमय दर?

डिसी नेपाल
६ जेठ २०८१ ६:५८

काठमाडाैं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ २२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ३० पैसा र बिक्रीदर १६९ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५० पैसा र बिक्रीदर ८८ रुपैयाँ ९० पैसा निर्धारण भएको छ।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ९८ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८९ पैसा थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *