छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक जारी

डिसी नेपाल
६ जेठ २०८१ ९:५७

काठमाडौं। सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बसिरहेकाे छ।

सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी बैठकमा कार्यदलका संयोजक पदम गिरीसहित कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनाल उपस्थित छन्।

सत्तारुढ दल र प्रतिपक्षी दलबीच शनिबार भएको छलफलपछि संसदीय छानबिन समिति बनाउने सहमति जुटेको थियो।

समितिले आवश्यक परेमा प्रधानमन्त्री र शीर्ष नेतासँग परामर्श गरेर कार्यादेश टुंगाेमा पुर्‍याउने सहमति भएपनि समिति कस्तो बन्ने, जिम्मेवारी के-के हुने जस्ता विषयमा सहमति भइसकेको छैन। बैठकले संसदीय समितिको टीओआर तयार पार्ने बताइएको छ।

सत्तारुढ दल र प्रतिपक्षी दलबीच शनिबार दिउँसो भएको पटक पटकको छलफलपछि संसदीय छानबिन समिति बनाउने सहमति जुटेको थियो।

कांग्रेसले गृहमन्त्री लामिछाने मुछिएको सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा निरन्तर अवरोध गर्दै आएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *