सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

डिसी नेपाल
६ जेठ २०८१ १०:३६

काठमाडौं। सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभाको बैठक अघि प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दै छन्।

आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सभामुखको सचिवालयका अनुसार आजको संसद बैठक संचालनका लागि सभामुखले छलफल गर्न लागेका हुन्।

प्रमुख चार दलहरुबीच सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सहमति भएपछि आजै समितिको कार्यादेश टुंगो लगाउने छलफल जारी रहेको छ। कार्यादेश टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ।

कार्यदलको बैठक अहिले जारी रहेको छ। कार्यदलले कार्यादेशमा सहमति बनाए आजको संसद बैठक बिना अवरोध बस्ने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *