कांग्रेस सुदूरपश्चिम प्रदेशको भाषा, साहित्य, कला, संस्कृति विभागद्वारा बैठक आह्वान

डिसी नेपाल
७ जेठ २०८१ ८:४५
28
Shares

काठमाडौं। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको भाषा, साहित्य, कला तथा संस्कृति विभागले बैठकको आह्वान गरेको छ।

जेठ ६ गते आइतबार विभागका प्रमुख सुरत रावत डोटेली कान्छाले एक वक्तव्यमार्फत नेपाली कांग्रेसको विधानको धारा १३, उपधारा (१) बमोजिम नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको भाषा, साहित्य, कला तथा संस्कृति विभागमा मनोनित विभागीय सदस्यहरूलाई बैठकका लागि अनिवार्य उपस्थिति हुन भनिएको छ।

विभागीय प्रमुख रावतका अनुसार सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट मनोनित विभागीय सदस्य सहभागी रहने बैठक अर्को शुक्रबार जेठ १८ गते दिन बस्ने र विभागका विभिन्न कार्यक्रमसमेत तय गर्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *