सुनको मूल्यमा नयाँ रेकर्ड

डिसी नेपाल
७ जेठ २०८१ ११:३१

काठमाडौं। आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

आइतबार प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *