नेपाल र बेलायतबीच मैत्रीसन्धिको सय वर्ष पुराः बेलायती प्रधानमन्त्रीद्वारा स्वागत समारोह आयोजना

डिसी नेपाल
८ जेठ २०८१ २१:०५
52
Shares

काठमाडौं। नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एकसय वर्ष पूरा भएको अवसरमा बेलायती प्रधानमन्त्री ऋषि सुनकले लन्डनमा स्वागत समारोहको आयोजना गरेका छन्।

सोमबार बेलायती सहर लन्डनको नम्बर १० डाउनिङ स्ट्रिटमा सो समारोहको आयोजना गरेको नेपालस्थित बेलायती दूतावासले आज प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। त्यस अवसरमा नेपाल र बेलायतका बीचमा सय वर्षअघि सन् १९२३ मा सिंहदरबारमा हस्ताक्षर गरिएको मैत्री सन्धिको प्रति पनि प्रदर्शनीमा राखिएको थियो।

सो समारोहमा बेलायतका सांसद तथा उच्च अधिकारीहरु, नेपालका लागि बेलायती राजदूत ज्ञानचन्द्र आचार्य तथा लन्डनमा रहेका नेपाली समुदायका नागरिकहरु, ब्रिटिस गोरखामा रही सेवा गरेका नेपाली नागरिक एवं हिमाल आरोहीलगायतको उपस्थिति रहेको सो विज्ञप्तिमा जनाइएको छ।

त्यस अवसरमा सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री सुनकले बेलायत नेपाल सम्बन्धका विविध आयामहरुका बारेमा चर्चा गरे। उनले बेलायतका लागि नेपाली ब्रिटिस गोरखाहरुले अतुलनीय योगदान पु¥याएको स्मरण गर्दै नेपालको यो योगदानले नै दुई देशबीचको सम्बन्ध सदाका लागि सुमधुर तथा अविस्मरणीय रहिरहने बताए।

सो अवसरमा उनले बेलायत र नेपालले शान्ति, पारस्परिक सम्मान र मित्रतालाई सदैव कायम राख्ने प्रतिज्ञा गर्दै सय वर्षअघि गरेको सो सन्धिको हस्ताक्षर दुई देशबीचको एक ऐतिहासिक धरोहर भएको र यसले दुई देशको सम्बन्धलाई सधैँका लागि जीवन्त राख्ने पनि बताए। सो समारोहमा इन्डो प्यासिफिकसम्बन्धी बेलायती स्टेट मिनिस्टर अन्ना म्यारी र बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पनि नेपाल बेलायत सम्बन्धका विविध क्षेत्रमा धारणा राखेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *