रातो मच्छिन्द्रनाथ रथको टुप्पोबाट नरिवल खसाल्ने जात्रा सम्पन्न

डिसी नेपाल
९ जेठ २०८१ १९:३९
52
Shares

काठमाडौं। रातो मच्छिन्द्रनाथ रथजात्राअन्तर्गत बुधबार ललितपुरको लगनखेलस्थीत थतिटोलमा नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ।

मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको केहि दिनपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ। रथलाई तान्दै लगनखेल पुर्‍याएपछि खुसीयालीमा रथको माथिबाट नरिवल खसाल्न थालिएको मान्यता रहिआएको छ। नरिवल खसाल्ने दिनलाई पाटनवासीले उत्सवको रूपमा लिन्छन्। किंवदन्ती अनुसार रथमाथिबाट खसालिएको नरिवल समात्ने व्यक्तिको पहिलो सन्तानको रूपमा छोरा जन्मिन्छ भन्ने मान्यता छ।

थतिटोलमा नरिवल खसाल्ने जात्रा मनाएपछि भोलिपल्ट बिहान महिलाहरुले रथ तान्ने परम्परा छ। नरिवल खसाल्ने जात्रा सकिएको केहि दिनपछि ज्योतिषले रातो मत्स्येन्द्रनाथलाई जावलाखेल लैजाने साइत हेर्ने परम्परा छ। मणिमण्डपस्थित सोह्रखुट्टे पाटीमा बसी मत्स्येन्द्रनाथका ज्योतिषले जावलाखेल लैजाने साइत निकाल्ने गर्छन्। रथ जावलाखेल पुगेको चार दिनपछि भोटो जात्रा मनाइन्छ। जावलाखेलमा भोटो देखाएपछि मत्स्येन्द्रनाथको जात्रा सम्पन्न हुन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *