नेपालमा चिकित्सकको संख्या ४५ हजारभन्दा बढी

डिसी नेपाल
१४ जेठ २०८१ ६:२५

काठमाडौं। नेपालमा चिकित्सकको संख्या ४५ हजार चार सय ९८ पुगेको छ। यो २०८० पुस मसान्तसम्मको तथ्यांक भएको अर्थमन्त्रालयले जनाएको छ।

आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३० हजार २७ मेडिकल चिकित्सक, चार हजार आठ सय ८३ दन्त चिकित्सक र १० हजार पाँच सय ८८ विशेषज्ञ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन्। जसमध्ये पुरुष ६४ दशमलव एक र महिला ३५ दशमलव नौ प्रतिशत छन्।

सोही अवधिमा एक लाख २२ हजार तीन सय १३ विभिन्न श्रेणीका नर्स नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका छन्। सर्वेक्षणका अनुसार नेपालमा प्रतिहजार जनसंख्यामा एक दशमलव २० चिकित्सक र दुई दशमलव ८३ नर्स छन्। यो विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा बढी हो।

यस्तै, २०७९ फागुनसम्म डाक्टर, नर्स, अनमी, कविराज, वैद्य, स्वास्थ्य सहायक र महिला स्वास्थ्य स्वयं सेविकासमेत गरी एक लाख २ हजार ६ सय ८६ स्वास्थ्यर्की सरकारी सरकारी सेवामा आवद्ध छन्।

चालु आर्थिक वर्षको फागुनसम्ममा सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट अन्तरंग, बहिरंग र आकिस्मक सेवा गरी चार करोड ६० लाख ५६ हजार पटक सेवा प्रवाह भएको देखिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सेवा २ करोड ८८ लाख पटक भएको थियो।

नेपालमा आठ सय ४९ विदेशी नर्स कार्यरत रहेको तथ्यांकले देखाएको छ। २०८० फागुनसम्म नेपाल नर्सिङ काउन्सिलमा एक लाख २२ हजार ३ सय १३ नर्स दर्ता भएकामा विदेशी नर्सको संख्या आठ सय ४९ रहेको सर्वेक्षणमा उल्लेख छ। जसमध्ये एक हजार पाँच सय ७ विशेषज्ञ नर्स, ३७ हजार चार सय २० अनमी, ६६ मिडवाइफ छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *