सगरमाथा आरोही बस्ताकोटीको अन्त्येष्टी

डिसी नेपाल
१८ जेठ २०८१ १७:३२
28
Shares

गण्डकी। सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा निधन हुनुभएका पोखरा महानगरपालिका वडा नंं २६ का युवा विनोदबाबु बस्ताकोटीको आज मरेखरे घाटमा अन्त्येष्टी गरिएको छ। सगरमाथाको आरोहणपछि आधारशिविरमा फर्कने क्रममा बस्ताकोटीको यही जेठ ९ गते निधन भएको थियो। उनको आठ हजार दुई सय पाँच मिटरको उचाईको चौथो शिविरमा आइपुग्दा बिरामी भई निधन भएको हो।

स्वर्गीय बस्ताकोटीको निवासबाट शवयात्रा गरी पार्थिव शरीरलाई पोखरा सभागृहमा श्रद्धाञ्जलिका लागि राखिएकोमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापालगायतले श्रद्धाञ्जलि व्यक्त गरेका थिए। बस्ताकोटीलाई पोखरा महानगरको नगरप्रहरीले सम्मान व्यक्त गरेको थियो।

पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापाले शोक वक्तव्य जारी गर्दै बस्ताकोटीको निधनले वडाले एक नक्षत्र गुमाएको बताएका छन्। स्वर्गीय बस्ताकोटीलाई वडा नंं २६ ले वडा रत्न घोषणा गर्दै उनको स्मरणमा प्रत्येक वर्ष एक युवालाई साहसी युवा सम्मान प्रदान गरिने वडाध्यक्ष थापाले बताए।

विसं २०४३ सालमा पोखरा महानगरपालिका वडा नंं २६ खरानेमा बुवा बाबुराम र आमा विष्णुमायाबाट जन्मिएका बस्ताकोटीले यसअघि सन् २०२३ को नोभेम्बर १ तारिकमा छ हजार १४५ मिटर अग्लो लोवुचे पिक सफल आरोहण गरेका थिए। बस्ताकोटीले अन्तर्राष्ट्रिय पर्वतालय पदप्रदर्शकको समेत तालिम लिएका थिए।। उनी विगत १५ वर्षदेखि पर्यटन व्यवसायमा क्रियाशिल थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *