मनाङ घुम्न आएका ललितपुरका प्रकाश गोरखाली चार दिनदेखि सम्पर्कविहीन

डिसी नेपाल
१९ जेठ २०८१ ७:३५
32
Shares

मनाङ। मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन्। ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली यही जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन्।

तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका–९ बाइस घुम्तीबाट सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए।

सँगै रहेका अन्य तीनजनाले उनी सम्पर्कविहीन भएपछि खोजीका लागि प्रहरीलाई खबर गरेका थिए। स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले अहिले गोरखालीको खोजी गरिरहेको छ।

प्रजिअ लामिछानेले भने, “ड्रोनको प्रयोग गरी खोजी गर्ने तयारी भइरहेको छ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *