दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु

डिसी नेपाल
१९ जेठ २०८१ २२:३९
132
Shares

तुलसीपुर। दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु भएको छ।

आज साँझ ८ बजेतिर हुरीले घर भत्किँदा तुलसीपर उपमहानगरपालिका–१२ रझेनीमा ७० वर्षीय भगवान् खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।

टिनले छाएको एककोठे घरमा घत्रीसँगै रहेकी उनकी श्रीमतिले भने भागेर ज्यान जोगाएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *