जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

डिसी नेपाल
२० जेठ २०८१ १३:५०
76
Shares

काठमाडौँ । काठमाडौं महानगरपालिका-६ बौद्ध महांकाल डेरा गरी बस्ने ओखलढुङगा मुलुङ गाउँपालिका–७ घर भएका ४५ वर्षीय मान बहादुर सुनुवारको कोठामा जुवातास खेलिरहेको अवस्थामा सुनुवार समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ९ सय ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *