पत्नीको हत्या आरोपमा सेनाका जवान पक्राउ

डिसी नेपाल
२५ जेठ २०८१ १६:३६
100
Shares

दाङ। दाङको तुलसीपुरमा नेपाली सेनाका एक जवानले खुकुरी प्रहार गरी पत्नीको हत्या गरेका छन्।

तुलसीपुर उपहानगरपालिका ६ बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले २७ वर्षीया पत्नी टीका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान सवा ८ बजेतिर पत्नीको हत्यापछि सोही खुकुरी लिएर फरार भएका बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *