पार्टीभित्र मतभेद छैनः उपाध्यक्ष पाण्डे
काठमाडौं। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टीभित्र कुनै वैचारिक मतभेद नरहेको बताएका छन्।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले महाधिवेशनमा एउटै दस्तावेज प्रस्तुत हुने भन्दै कुनै वैचारिक मतभेद नरहेको बताएका हुन्।
उनले महाधिवेशन पूर्णरुपमा अधिकारसम्पन्न हुने भएकाले नेतृत्वमा पुरानोलाई दोहाेर्याउन वा नयाँलाई नेतृत्व दिनसक्ने धारणा राखे। पार्टीलाई उपयुक्त हुने पात्रलाई नेतृत्वमा राख्न महाधिवेशनले उपयुक्त निर्णय गर्ने उनको भनाइ छ।
पाण्डेले महाधिवेशन प्रतिनिधि जोसुकैले पनि आफू अध्यक्ष वा कुनै पदको उम्मेदवार भन्न पाउने धारणा राखे। त्यस्तै उनले राजदूत परिवर्तन गर्ने विषय नितान्त सरकारको विषय भएकाले यसलाई स्वभाविक रुपमा लिनुपर्ने बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment