एमाले काठमाडौंको अध्यक्षमा दीपक निरौला निर्वाचित
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं जिल्ला अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित भएक छन्। उनी तीन सय ७० मत प्राप्त गरी निर्वाचित भएका छन्।
अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलाले एक सय ९१ मत प्राप्त गरेको अधिवेशन आयोजक कमिटीका सदस्य सरस्वति गौतमले राससलाई जानकारी दिए। जिल्ला उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य र उपसचिव (खुला) मा उद्धव भण्डारी निर्वाचित भएका छन्।
महिला उपसचिवमा विन्दु महर्जन सर्वसम्मत निर्वाचित भएकी छन्। यही जेठ २६ गतेदेखि जारी महाधिवेशनमा दुई सय २५ पदमध्ये एक सय ३० पदमा निर्विरोध निर्वाचित चयन भएको थियो। आज ९५ पदका लागि मात्र निर्वाचन भएको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment