देशलाई अहिले हिडाईएको मार्गचित्र परिवर्तन जरुरीः कमल थापा
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक जोगाउन अहिले मुलुकलाई हिडाईरहेको मार्गचित्र परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्।
देशको अहिलेको व्यवस्था भ्रष्टतन्त्रमा रूपान्तरित भैसकेकोले देशले धान्न नसक्ने उनले बताए। पार्टीमा नव प्रवेशीहरुको निमित्त आज आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले भने, ‘संघीयता देशले धान्दैन खारेज गर्नुपर्छ, धर्मनिरपेक्षता तुरुन्तै हटाउनुपर्छ, हिन्दुराष्ट्र कायम गर्नुपर्छ।’
थापाले देशको स्वाधिनताको रक्षाको लागि राजसंस्था आवश्यक भएको समेत चर्चा गरे। विदेशी दवाव र प्रभाव बढाउन यो राज्य प्रणालीले काम गरेको भन्दै उनले आत्मसमर्पणवादी मानसिकताले देशको हित नहुने स्पष्ट पारे। उनले राप्रपा नेपाल दुरदर्शी ढंगले अघि बढ्ने भन्दै मुलुकको आर्थिक, सामाजिक, राजनितिक रुपान्तरण गर्न सम्वर्द्धनवाको नीति अवलम्बन गर्ने बताए।
धर्म, संस्कृति, मूल्य मान्यताको रक्षाको लागि पार्टी बलियो बनाउनु पर्ने भन्दै थापाले संगठन निर्माणमा केन्द्रित हुन आग्रह गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment