खेलकुदमन्त्री श्रेष्ठ दक्षिण कोरिया प्रस्थान
काठमाडौं। युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ औपचारिक भ्रमणका लागि आज दक्षिण कोरिया प्रस्थान गरेका छन्। उनी इमिनेन्ट दक्षिण एसियाली डिगनिटरिज र नेपाल दूतावासद्वारा आयोजित लगानी समिटमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन्।
लगानी सम्मेलनमा पिपिपी मोडलमा खेलकुदको भौतिक पूर्वाधार, खेलकुद प्रविधि, टुरिजम र हाइड्रो प्रोजेक्टको विषयमा केन्द्रित हुने मन्त्री श्रेष्ठले बताए। कोरियन स्पोर्ट्स एन्ड ओलम्पिक कमिटीका अध्यक्ष लि–की हुङ र वल्ड तेक्वान्दो फेडरेसनका अध्यक्ष डा चुङवोङ चावोसँग पनि भेटवार्ताको कार्यक्रम रहेको छ। कोरियन स्पोर्टस एन्ड ओलम्पिक कमिटीसँगको छलफलमा आगामी एसियाली खेलकुदका लागि प्रशिक्षण र प्राविधिक सहयोगको विषयमा चर्चा हुनेछ।
यसैगरी मन्त्री श्रेष्ठले कोरियन नेसनल स्पोर्टस युनिभर्सिटीको भ्रमण तथा कोरियन एन्टी डोपिङ एजेन्सी काडासँग पनि छलफल गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। मन्त्री श्रेष्ठ यही असार २२ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment