कृषि उत्पादनमा आत्मनिर्भर बन्न कृषकलाई थप प्रोत्साहित गर्नुपर्छ: सांसद ढकाल
काठमाडौं। प्रतिनिधिसभाका सदस्य एकनाथ ढकालले कृषि उत्पादनमा आत्मनिर्भर बन्न कृषकलाई थप प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका छन्।
शनिबार २१औं राष्ट्रिय धान दिवसको अवसरमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिकास्थित चुनिखेलमा धान रोपाई कार्यक्रममा सहभागी हुँदै सो कुरा बताएका हुन्।
छोरी एस्थर ढकालसँगै कार्यक्रममा पुगेका पूर्वमन्त्रीसमेत रहेका ढकालले नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन कृषकहरुलाई थप प्रोत्साहित गर्नु पर्ने बताए।
ढकालले उच्च गुणस्तरको एवं उन्नत कृषि सामग्रीहरु, वीउ, कृषि रसायन र उपकरणको आयात र सर्वसुलभ मूल्यमा देशभरी विक्री वितरणको व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गरे।
राष्ट्रिय धान दिवसको अवसर पारेर विश्व शान्ति तथा महिला संघ नेपालले धान रोपाई कार्यक्रम आयोजना गरेको थियो। रोपाईमा आयोजक संस्थाकी अध्यक्ष नीला श्रेष्ठ तथा नेपाल परिवार दलका नेताहरु समेत सहभागी थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment