केही प्रदेशमा भारी वर्षाको सम्भावना

डिसी नेपाल
१८ असार २०८१ २२:४६
128
Shares

काठमाडौं। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागम मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको र देशका धेरै स्थानमा मेघ गर्ज/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ।

अहिले देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। साथै, सबै प्रदेशका थोरै स्थानमा भारी वषाको पूर्वानुमान गरिएको छ। आज दिनभर काठमाडौं उपत्यकामा हल्कादेखि मध्यम वर्षा भएको छ। बुधबार पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षा हुनेछ।

महाशाखाका अनुसार काठमाडौंमा ३२ दशमलव ७ मिलिमिटर वर्षा भएको छ। सबैभन्दा बढी जनकपुरमा एक सय २७ मिलिमिटर वर्षा भएको छ। यस्तै धनगढीमा ९७, पोखरामा ९३ र भैरहवामा ८८ मिलिमिटर वर्षा मापन गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *