नेकपा एसले केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने
काठमाडौं। नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय आलोकनगरमा शनिबार बेसको महाधिवेशनपछिको केन्द्रीय कमिटीको पहिलो प्रथम बैठकले २ सय ९९ जनाको केन्द्रीय कमिटीले पूर्णता पाएपछि मात्रै पदाधिकारीलाई पूर्णता दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
नेकपा समाजवादीले महाधिवेशनबाट अध्यक्ष, महासचिव र सम्मानीत नेताका साथै ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ। बाँकी सदस्यहरु चयनका लागि विधि र मापदण्ड तय गर्न आइतबार केन्द्रीय कमिटीको बैठक पुनः बस्ने खतिवडाले जानकारी दिए।
बैठकले पार्टी पदाधिकारी चयन नभएकाले पार्टीको कामलाई अघि बढाउन अन्तरिम अवस्थाका लागि पुराना कमिटीका सदस्यहरुलाई नै जिम्मेवारी प्रदान गरिएको उनको भनाइ छ।
बैठकले पार्टीको दशौँ महाधिवेशनको सामान्य समिक्षा गर्दै पार्टीलाई थप ऊर्जा प्राप्त भएको निष्कर्ष निकालेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment