परम्परागत धानको जात संरक्षण

डिसी नेपाल
२५ असार २०८१ ९:५९
12
Shares

गण्डकी। पोखरा महानगरपालिका क्षेत्रमा ६० प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ । पोखरामा करिब ११ हजार दुई सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकामा ६० प्रतिशतभन्दा बढी रोपाइँ सकिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए।

पोखराका विशेषगरी पामे, कुँडहर, सिसुवा, पटनेरी, मालमुल, गगनगौडा, अर्मला, सुरौदीलगायत फाँटक्षेत्रमा धानखेती हुने गरेको छ भने माझठाना, खुर्वादी, आँगेटारीलगायतका टारी खेतमा धानखेती गरिँदै आइएको छ ।

पोखरा आसपासका क्षेत्रमा झण्डै ४० प्रतिशत जेठोबुढो रोप्ने गरिएको र बाँकी विभिन्न उन्नतजातका धान रोप्ने गरिएको कडरियाले जानकारी दिए। तथ्याङ्कानुसार पोखरामा वार्षिक ३९ हजार मेट्रिक टन धानको उत्पादन हुने गरेको छ । पछिल्ला वर्षमा धानखेती गरिने क्षेत्र घट्दो क्रममा रहे पनि उत्पादकत्व भने वृद्धि भएको जनाइएको छ । उनका अनुसार पोखराको बेगनास आसपास क्षेत्रमा रैथाने धानको जातको संरक्षणमा पनि किसानहरूले सक्रियता देखाएका छन् ।

पछिल्ला वर्षमा चैते धानतर्फ पनि किसान आकर्षित बनिरहेको जनाउँदै उहाँले यस वर्षको चैते धान भित्र्याउने क्रम चलिरहेको जानकारी दिए । “पोखरामा चैते धान करिब एक हजार पाँच सय रोपनीमा लगाउने गरिएको छ”, उनले भने, “चैते धानखेतीतर्फ किसानको आकर्षण बढ्दो क्रममा छ, दुई बाली धानका कारण उत्पादन समेत बढ्दा किसानलाई राहत मिलेको छ ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *