एमालेले सरकारमा पठाएका व्यक्ति हेर्दा समीकरण लामो समय नजाने आँकलन थियोः चित्रबहादुर केसी
काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले माओवादीले यसअघि कांग्रेससँगको समीकरण तोडेको परिणाम अहिले देखिएको तर्क गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बोल्दै केसीले कांग्रेससंग समीकरण तोडेपछि एमालेले खेल्ने ठाँउ पाएको र अहिलेको अवस्था आएको बताएका हुन्।
उनले अहिलेका प्रधानमन्त्रीलाई पाँच वर्षको लागि सत्ता र शक्तिमा राख्न एमालेले सहकार्य नगरेको भन्दै प्रचण्डले सत्ताको खेल बुझ्न नसकेको बताए।
माओवादीसंगको समीकरणपछि एमालेले सरकारमा पठाएका व्यक्ति हेर्दा समीकरण लामो समय नजाने आंकलन सवैले त्यसैबेला गरेको उनले बताए।
उनले अहिले कांग्रेस–एमालेबीचको सहमतिपछि प्रचण्डको हातबाट सत्ता फुत्किसकेको टिप्पणी गर्दै अब हुनेवाला केहि नभएको जिकिर गरे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment