सप्तकोशीमा बाढी, ७० घर डुबान

डिसी नेपाल
२५ असार २०८१ २३:१९
72
Shares

राजविराज। अविरल वर्षाका कारण त्रियुगा नदीमा आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–२ का ७० घर डुबानमा परेका छन्।

सो वडाको मुस्लिम र राम वस्तीमा चार फिटसम्म पानी भरिँदा ३८ परिवारका ७० घर डुबानमा परेको वडाध्यक्ष जाहिर हुसेनले जानकारी दिए। उनले बस्तीका प्राय सबै घर आगनबाट त्रियुगा बग्न थालेपछि घर छाडेर स्थानीय मस्जिद र आफन्त कहाँ शरण लिई बसेको बताए।

त्रियुगा नदीको बाढीले पूर्वी तटबन्ध कटान गरी अचानक पानी प्रवेश गरेपछि बस्ती डुबानमा परेको हो। बस्ती डुबानमा परेको खबर पाए लगत्तै सेना, सशस्त्र, नेपाल प्रहरीका तालिम प्राप्त जनशक्ति उद्धारमा खटिएको र कुनै मानविय क्षति नभएको जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *