अब प्रचण्डको उथलपुथलले काम गर्दैन: योगेश भट्टराई

डिसी नेपाल
२८ असार २०८१ १४:४९
240
Shares

काठमाडौं।  नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अब उथलपुथलले काम नगर्ने बताएका छन्।

प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले अब प्रचण्डको उथलपुथलले काम नगर्ने बताएका हुन्।

उनले अब प्रधानमन्त्री प्रचण्डलाई आफ्नो समीक्षा गर्ने अवसर कांग्रेस र एमालेले सुनौलो अवसर दिएको बताए ।  प्रचण्डबाट आफुहरुले संयमताको अपेक्षा गरेको बताउदै गम्भीर समिक्षा गर्न आग्रह गरेका छन्।

सांसद भट्टराईले राजनीतिक स्थायित्व दिन सहमति गरेको स्पष्ट गर्दै ठूला शक्तिहरुमा मेलमिलाप हुँदा देशलाई ठूलो उपलब्धि हुने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *