आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
काठमाडौं। प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट सुझावसहितको सन्देशमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव प्रस्तुत गर्दै छलफलका क्रममा उठेका सुझाव विधेयकमा समेट्न प्रयास गर्ने बताएका थिए।
उक्त प्रस्तावमाथीको छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको आयात घटाउन नेपाली जनतालाई विद्युत् सस्तोमा दिनुपर्ने र विद्युतीय गाडीको भन्सार शुल्क घटाउनुपर्ने बताएका थिए।
प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन ६ गते दिउँसो १ बजे बस्नेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment