नदीमा बेपत्ता बालकको शव फेला

डिसी नेपाल
१ साउन २०८१ १८:३१
40
Shares

रौतहट। रौतहटस्थित वाग्मती नदीमा बेपत्ता बालकको शव आज प्रहरीले फेला पारेको छ। सोमबार वाग्मती नदीमा डुबेका तीन बालकमध्ये दुईको उद्धार गरिएको थियो। एक बेपत्ता थिए।

गढिमाइ नगरपालिका–३ लक्ष्मीपुर बस्ने हकुदिन कवाडीको छोरा अन्दाजी वर्ष १० को सफर कवाडीको शव गढीमाई नगरपालिका–७ धर्मपुरस्थित बेपत्ता भएको स्थानबाट तीन किमी दक्षिण नदी किनारमा फेला परेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले जानकारी दिए।

पानीमा डुबेका अन्य दुई बालकहरु १३ वर्षीय सैदुला कवाड़ी र आठ वर्षीय हसर कवाड़ीको सकुसल उद्धार गरिएको हुमागाईं बताए। पानीमा डुबेका सैदुला कवाड़ीको उपचार रोमा अस्पताल गरुडामा भइरहेको र अवस्था सामान्य रहेको उनले बताए।

बेपत्ता बालकको खोजीमा सशस्त्र प्रहरी रौतहटका प्रहरी निरीक्षक भुवन घिमिरेको कमाण्डमा नेपाली सेना र नेपाल प्रहरी गरी ३० जनाको टोली खटिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *