जग्गा कारोबार बढेसँगै भद्रपुर मालपोतमा राजस्व वृद्धि
भद्रपुर। भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा रु ८० करोड ५८ लाख १४ हजार पाँच सय ९२ राजश्व संकलन गरेको छ। ३६ हजार आठ सय ७५ थान रजिष्ट्रेशन पारितबाट उक्त आम्दानी भएको हो।
आव २०८०/८१ मा स्थानीय तहले जग्गा वर्गीकरण गरी कित्ताकाट सुरु भएसँगै जग्गाको कारोबार बढेकाले राजस्व बढेको मालपोत कार्यालयका सूचना अधिकारी राजु दाहालले बताए। ‘गत आव २०७९/८० को तुलनामा रु २२ करोड १२ लाख ६९ हजार एक सय ९९ ले राजस्व वृद्धि भएको छ’, उनले भने। गत आवमा रु ५८ करोड ४५ लाख ४५ हजार तीन सय ९३ राजस्व संकलन भएको थियो।
आर्थिक वर्ष २०८०/८१ मा सेवा करवापत रु सात करोड ५१ लाख ३९ हजार चार सय ७६, रजिष्ट्रेशन दस्तुरबाट रु ४७ करोड ३० लाख ३० हजार पाँच सय ५४, छुटवापत रु छ करोड २७ लाख ८७ हजार छ सय १२, डोर सुविधा शुल्क रु एक लाख ८९ हजार, पुँजीगत लाभकर रु ३२ करोड एक लाख २५ हजार दुई सय ६७ र विलम्ब शुल्कवापत रु एक लाख १७ हजार नौ सय छ राजस्व संकलन गरिएको उनले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment