उच्च अदालत सुर्खेतको ८२ प्रतिशत मुद्दा फर्छ्यौट

डिसी नेपाल
२ साउन २०८१ २०:५४
16
Shares

कर्णाली। उच्च अदालत सुर्खेतले गत आर्थिक वर्ष २०८०/८१ मा ८२ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ।

आर्थिक वर्ष २०७९/८० बाट जिम्मेवारी सरेका एक सय ६० र आव २०८०/८१ मा नयाँ दर्ता भएका सात सय ५६ गरी कूल नौ सय १६ मुद्दामध्ये सात सय ५४ मुद्दा फर्छ्यौट भएको उच्च अदालत सुर्खेतका रजिष्ट्रार विश्वजङ्ग सिजापतिले जानकारी दिए। उनका अनुसार अदालतमा दर्ता भएका कूल मुद्दामध्ये आव २०८०/०८१ मा ८२ दशमलव ३१ प्रतिशत मुद्दा फर्छ्यौट भएको हो।

जिम्मेवारी सरेका एक सय ६० मुद्दा शतप्रतिशत, नयाँ दर्ता भएका सात सय ५६ मध्ये पाँच सय ९४ अर्थात् ७८ दशमलव ५७ प्रतिशत र कूल नौ सय १६ मध्ये सात सय ५४ अर्थात् ८२ दशमलव ३१ प्रतिशत मुद्दा फर्छ्यौट गरेको हो। रजिष्ट्रार सिंजापतिले आव २०८०/८१ मा छ सय ५७ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेको अदालतले सात सय ५४ अर्थात् एक सय १४ दशमलव ७६ प्रतिशत मुद्दा फर्छ्यौट गरेको जनाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *