नयाँ बानेश्वर चोकमा गुडिरहेको बसबाट धुवाँको मुस्लो निस्कियो
काठमाडौं। नयाँ बानेश्वर चोकमा गुडिरहेको बसबाट धुवाँको मुस्लो निस्केको छ ।
भक्तपुरबाट काठमाडौंतर्फ आइरहेको प्रदेश ३ ०१ ००५ -ख ९५५४ नम्बरको सार्वजनिक यात्रु बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट धुवाँको मुस्लो निस्केको हो।
धुवाँ निस्केको देखेपछि यात्रुहरू सबै झारेर आगो निभाइएको प्रहरीले जनाएको छ। समयमै इन्जनमा आगो निभाएपछि सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको र बस आगलागी हुनबाट पनि जोगिएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment