मोहना नदीमा अलपत्र परेकाहरुको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार

डिसी नेपाल
४ साउन २०८१ १९:४३
32
Shares

धनगढी। वर्षासँगै कैलालीको मोहना नदीमा आएको बाढिमा फसेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१८ नोक्लिपुरबाट नदी पार गरी घाँस काट्न गएका उनीहरु सो नदिमा पानीको बहाव बढेपछि अलपत्र परेका थिए।

उनीहरु नदिपारी अलपत्र परेको भन्ने जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फुलबारीबाट खटिएको सुरक्षा फौजले र्याफ्ट बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो।

यसैगरी सोही उपमहानगरपालिका–१५ स्थित कनरी गाँउमा खटिया नदिमा पानीको बहाव बढ्न गई डुवानमा परेका ७ घरपरिवारलाई सोही बिओपीबाट खटिएको सुरक्षा फौजले सुरक्षित स्थानमा सारेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *