सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने माओवादीको निर्णय
काठमाडाैं। नेकपा माओवादी केन्द्रले सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा आइतबार बसेको माओवादी संसदीय दल बैठकले प्रधानमन्त्रीको विश्वासको मतको बिपक्षमा मतदान गर्ने निर्णय गर्दै शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।
अरु बिपक्षी दलहरुलाई पनि एकीकृत गर्दै जनताको आवाजहरुलाई उजागर गर्न सहि तरिकाले नेतृत्व गर्ने निर्णय भएको उनले बताए। बैठकमा माओवादीका सांसदहरुले जनसरोकारका बिषयहरुलाई सदनमा शसक्त रुपमा उठाउनुपर्ने धारणा राखेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment