प्रधानमन्त्रीले लिए जहाज दुर्घटनामा घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्थाबारे जानकारी

डिसी नेपाल
९ साउन २०८१ १९:४१
40
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्स दुर्घटनामा परी गम्भीर घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन्।

प्रधानमन्त्री ओलीले आज साँझ सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुगेर घाइते क्याप्टेनको स्वास्थ्यावस्थाबारेमा बारेमा जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सो क्रममा प्रधानमन्त्री ओलीले उनको उपचारमा संलग्न चिकित्सक र परिवारजनसँग समेत कुराकानी गरेका थिए।

सौर्य एयरलाइन्स आज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो भने क्याप्टेन मनिषरत्न शाक्य घाइते भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *