तीन राज्यमन्त्री नियुक्त, ओली सकारले पायो पूर्णता
काठमाडौं। नेपाली कांग्रेसले सांसदहरु रुपा बिक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्री बनाएको छ।
कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
यो सँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुण चौधरी, वन राज्यमन्त्रीमा रूपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर तामाङलाई नियुक्त गरिएको छ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीले भने निकै दिनअघि नै अरुण चौधरीलाई राज्यमन्त्रीमा सिफारिश गरेको थियो। उनलाई पनि प्रधानमन्त्री ओलीले राज्यमन्त्रीमा नियुक्त गरेका छन्। तामाङ रामेछाप, विक कपिलवस्तु र चौधरी कैलालीका हुन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment