सिमकोट गाउँपालिकामा ६८ लाख आन्तरिक राजस्व संकलन

डिसी नेपाल
१८ साउन २०८१ २३:१८
16
Shares

सिमकोट। हुम्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा रु ६८ लाख आन्तरिक राजस्व संकलन गरेको छ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले गत आवमा रु ८० लाख राजस्व उठाउने लक्ष्य भए पनि रु ६८ लाख मात्रै संकलन भएको जानकारी दिए। यहाँ आव २०७९/८० मा रु ५० लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखिएकामा करिब रु ४३ लाखसम्म मात्रै संकलन भएको थियो। दुई वर्षयता उठेको आन्तरिक राजस्व रकमबाट गाउँपालिकाको जग्गा खरिद र भवन निर्माण गर्ने योजनाअनुसार भवन निर्माणका लागि रु एक करोड छुट्याइएको उनले बताए।

घरबहाल कर, पसल व्यवसाय, विभिन्न फर्म दर्ता, नवीरकण, वडाका सम्पूर्ण सिफारिसलगायतबाट राजस्व उठेको र चालु आवमा थप राजस्व वृद्धि गर्न चुहावट भएका क्षेत्र पहिचान गरी कडाइका साथ काम गर्ने जनाएको छ।

यस्तै पालिकामा आर्थिक २०७९/८० भन्दा २०८०/८१ मा कम बजेट फ्रिज भएको छ। आर्थिक २०७९/८० मा रु चार करोड बढी बजेट फ्रिज भएकामा गत आवमा झण्डै साढे दुई करोड बजेट फ्रिज भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *