रोल्पामा पहिरोले पुरिएर एकै घरका दुई जनाको मृत्यु

डिसी नेपाल
१९ साउन २०८१ ११:००

रोल्पा । रोल्पामा पहिरोले घर पुरिएर एकै घरका दुई जनाको मृत्यु भएको छ ।

पहिरोले हजुरआमा र नातिनीको निधन भएको हो। शुक्रबार राति सुनछहरी गाउँपालिका-४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राति ९ बजेतिर घर माथिबाट पहिरो आएर घर पुरिएको हो । घरमा हजुरआमा र नातिनी रहेका थिए। पहिरोमा पुरिएकी ६५ वर्षीया हजुरआमा बसुना सुनार र ४ वर्षीया नातिनी बेपत्ता रहेकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *